बैशाख ३१ , बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ७ मा रहेको आवर पीसल्याण्ड एकेडेमीले अभिभावकलाई प्रशिक्षण गरेको छ । विद्यालयले आफ्ना बालबालिकासंग कस्तो व्यवहार गर्ने भन्ने विषयमा प्रशिक्षण गरेको हो ।
सोमबार बुटवलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा कुशल प्रशिक्षक डा. तारा जीले आफ्ना बालबालिकाको करियर निर्माणका लागि सानैदेखि राम्रो संस्कार आवश्यक रहेको बताउनु भयो । उहाँले अभिभावकहरुलाई बालबालिकाका अंगाडि बाबुआमाले कहिल्यैपनि झैझडगडा गर्न नहुने बताउनु भयो ।
उहाँले बालबालिकाको अंगाडि कहिल्यैपनि बिद्यालयको बारेमा, शिक्षक शिक्षिकाको बारेमा, शिक्षाको बारेमा र देशको बारेमा नकारात्मक टिप्पणी नगर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै विद्यालयका प्रवन्ध निर्देशक कुलानन्द पाण्डेले विद्यार्थीको करियर निर्माणमा अभिभावकको प्रमुख भूमिका रहने भएकाले अभिभावले आफ्ना बालबालिकालाई गर्ने व्यवहारमा सुधार ल्याउनको लागि अभिभावक शिक्षा कार्यक्रम अन्तरगत प्रशिक्षण गरिएको जानकारी गराउनु भयो ।

उहाँले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि शान्ति मार्गलाई मोटो बनाएर हाम्रो शान्तिभूमि विद्यालय गित ल्याएको र नियमित भित्रे पत्रिका तथा बुलेटिन प्रकाशन गर्दै आएको जानकारी गराउनु भयो । त्यस अवसरमा अभिभावकहरु सीता कार्की र ईन्द्रबहादुर वंरेलले अहिलेसम्म आफूहरुले आफ्ना बालबालिकालाई दवावमा राख्ने र उनीहरुको विचमा गर्न नहुने कुरापनि नजानेर भईरहेको स्मरण गर्दै अवका दिनमा त्यसलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रम विद्यालयकी प्रिन्सिपल गंगा भण्डारीको सञ्चालनमा भएको थियो । त्यस्तै विद्यालयले आईतबार विद्यालयका विद्यार्थीलाई प्रशिक्षण गरेको थियो ।
