प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे चुनाव वैशाखमै हुने बताउनुभएकाे छ । उहाँले अनावश्यक हल्लाका पछाडि नलागी चुनाव वैशाखमै हुने दाबी गर्दै त्यसका लागि जुट्न सबैलाई आग्रह गर्नुभयाे ।
सरकार गठनकाे तीन वर्ष पुगेकाे अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिँदै उहाँले सानातिना नभइ राष्ट्रिय स्वार्थमा केन्द्रित हुन पनि आग्रह गर्नुभएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही भएन भनेर विराेधीहरूले हल्ला चलाए पनि विश्वस्तरीय प्रतिवेदनले नेपालले क्रमशः आर्थिक, सामाजिक सुधार गरेकाे दाबी गर्नुभएकाे छ । उहाँले निराश हुनुपर्ने अवस्था नरहेकाे समेत बताउनुभयाे ।
तीन वर्षमा सरकारले गरेका कामकाे चर्चा गर्दै उहाँले पुनर्निर्माण तथा पुनर्स्थापना, सडक, शिक्षा, खानेपानी, काेराेना महामारी नियन्त्रणमा प्रभावकारी काम गरेकाे बताउनुभयाे । रेलमार्ग तथा सञ्जाल विस्तार, जल यातायात, सुरुङ मार्ग, ठूला जलविद्युतकाे काम भइरहेकाे प्रधानमन्त्रीले बताउनुभयाे । उहाँले रेल छिट्टै सञ्चालनमा आउनेसमेत दाेहाेर्याउनुभएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मातृभूमिकाे रक्षा गर्न गम्भीरतापूर्वक लागेकाे बताउनुभएकाे छ । सरकारले सीमा विवाद समाधानमा निरन्तर पहल गर्दै आएकाे पनि उहाँले बताउनुभयाे।
अघिल्लो वर्षदेखि सरकारले भारतसँग प्रमाणसहित छलफल र बैठक गर्दै आएकाे ओलीकाे भनाइ छ । साथै उहाँले सीमा विवाद छिट्टै समाधान हुने विश्वास पनि व्यक्त गर्नुभयाे ।