नेपालमा आज थप १२२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३५४१ जनाको गरिएको पीसीआर परीक्षणमा १२२ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा १४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६९ हजार २ सय ४ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा एकजनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या भने २०५५ रहेको छ ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा ७३ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ५०, भक्तपुरमा ३ र ललितपुरमा १० जना संक्रमित थपिए ।