पाहुना टोली साउथ अफ्रिकालाई पराजित गर्दै पाकिस्तानले टी-ट्वान्टी सिरिज २-१ ले हात पारेको छ । हिजो सम्पन्न तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेलमा पाकिस्तानले साउथ अफ्रिकालाई चार विकेटले पराजित गर्दै यो सिरिज हात पारेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको साउथ अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६४ रनको लक्ष्य बनाएको थियो ।
जसमा डेभिड मिलरले ४५ बलमा ८५ रनसहित अविजित रहँदै उत्कृष्ट पारि खेलेका थिए । १६५ रनको जीत लक्ष्य लिएर ब्याटिङमा उत्रिएको घरेलु टोली पाकिस्तानले १८ दशमलव ४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेपछि यो जीत पाकिस्तानको पोल्टामा गएको हो ।
पाकिस्तानका बाबर अजाम र महम्मद रिजवानको ब्याटिङ उत्कृष्ट रह्यो । टी-ट्वान्टी सिरिजको तीनवटै खेलमा उत्कृष्ट ब्याटिङ र उत्कृष्ट बलिङ गरेवापत पाकिस्तानका अलराउण्डर महम्मद रिजवान सिरिजकै उत्कृष्ट खेलाडी घोषित भए ।