पछिल्लो २४ घण्टामा तीन हजार २३ जनाको पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७२ हजार चार सय ३० पुगेको छ ।
यस्तै थप एक सय ११ जना निको भएर डिस्चार्ज भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ६ सय ६० पुगेको मन्त्रालयले जनाएको छ । अहिले आइसाेलेशनमा रहनेकाे सङ्ख्या एक हजार सात सय १८ छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण २४ घण्टामा देशभर थप पाँच जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५२ पुगेको छ ।