दाङ – दाङमा ट्र्याक्टरको ठक्करबाट एउटै मोटरसाइकलमा रहेका तीन जनामध्ये दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
त्यही मोटरसाइकलमा रहेका दंगिशरण ३ रातवगाउँका २४ वर्षीय आकाश कँडेल भने घाइते हुनुभएकाे छ । उहाँको पनि कोहलपुरमा उपचार भइरहेको छ ।
शुक्रवार राति सवा ८ बजेतिर तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ त ३४४१ नम्बरकाे ट्र्याक्टरले पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ६ प १४३४ नम्बरकाे मोटरसाइकललाई दंगिशरण ५ लौबस्ता भन्ने ठाउँमा ठक्कर दिएको थियो ।
दुर्घटनापछि घाइतेलाई उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि तीनै जनालाई गएराति नै बाँकेमा रहेकाे कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो ।
तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएकाे छ ।