दाङ – दाङको राप्ती गाउँपालिकाले सबै वडालाई एउटै सडकले जोड्ने गरी राप्ती चक्रपथ निर्माण गर्ने भएको छ ।
१२ मिटर चौडाइ रहने चक्रपथबाट वडाका गाउँ जोड्नका लागि अरु ६ वटा सडकलाई समेत सँगसँगै निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिनुभयो । तीनै तहका सरकारको लगानीमा निर्माण सुरु भएको राप्ती चक्रपथबाट लुम्बिनी प्रदेशको राजधानीमा व्यवस्थित सडकमार्गको विकास हुने अध्यक्ष सुवेदीले बताउनुभयो ।