नेपालमा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९९ जनामा कोरोना पुष्टि भएको हो।
योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ८ सय ६ पुगेको छ।
पछिल्लो २४ घण्टामा २४८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६७ हजार ८ १२ पुगेको छ।
पछिल्लो २४ घण्टामा २७९४ जनाको पिसिआर परीक्षण गरिएको थियो।