राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नयाँ अध्यादेश जारी गरेकी छन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले बेपत्ता पारिएका नागरिकको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेको राष्ट्रपति कार्यालय शितलनिवासले जनाएको छ।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन्।
मन्त्रिपरिषदको सिफारिसमा पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि राष्ट्रपतिले अध्यादेश जारी गरेको यो पहिलो पटक हुो।