अर्घाखाँची- जनता समाजवादी पाटीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले देशलाई गृहयुद्धबाट बचाउन र सरकारको प्रतिगमन कदमका बिरुद्धमा अन्य दल संग सहकार्य आन्दोलनमा जान आफुहरु तयार रहेको बताउनु भएको छ । उहँले संसद पुनसर््थापना नभए देश गृह युद्धमा जाने बताउदै प्राप्त उपलब्धीको रक्षाको लागि देशमा संयुक्त आन्दोलनको जरुरी रहेको बताउनु भयो । अर्घाखाँचीको सन्धिखर्कमा प्रेस नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष भट्टराईले गणतन्त्रको रक्षाका लागि आन्दोलनकारी दलहरु एक भएर आन्दोलनमा उत्रनु पर्ने बताउनु भयो ।
नेकपाका अध्यक्ष तथा प्रधान मन्त्री ओलीले जनताको मतबाट निर्बाचित प्रतिनिधि सभा विघटन गरेर देशलाई प्रतिगमनको बाटोमा गइसकेको बताउदै प्रधानम्नत्री ओली जन आन्दोलनबाट प्राप्त उपलब्धी समाप्त पार्ने खेलमा लागेको बताउनु भयो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस , नेकपाको प्रचण्ड, नेपाल समुहसंग सहकार्य गरेर आन्दोलनमा उत्रन जनता समाजवादी पाटी तयार रहेको र संयुक्त आन्दोलनकालागि नेपाली कांग्रेस र प्रचण्ड नेपाल समुह संग कुराकानी भैरहेको उहाँको भनाई छ । बैसाखमा निर्बाचन हुने कुनै सम्भावना नरहेको बताउदै उनले देशलाई गम्भीर दुर्घटनाको दिषमा लैजान केपी ओलीको समुह लागेको बताउनु भयो ।