अर्घाखाँची- पुर्व उर्जामन्त्री तथा नेकपा नेता बर्षमान पुनले लोडसेडिङको अन्त्य गर्ने श्रेय लिन कसैले भन्दै हिंड्नु नपर्ने बताएका छन् । लोडसेडिङ अन्त्य कसरी र कस्को पालोमा भयो भन्ने सबैले बुझिसकेकाले मैले लोडसेडिङ अन्त्य गरे भन्दै भाषण गर्नु नपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी अर्घाखाँचीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पुनले लोडसेडिङ टोपबहादुर रायमाझीले नभई प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री भएको बेला अन्त्य भएको बताए । कुलमानलाई पनी उहाँहरुकै पालामा नियुक्ती गरिएको उनको भनाई छ ।
कार्यक्रममा पुर्व सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीको हुकुमी सासनका कारण यो अवस्था आईपुगेको बताईन् । उनले संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरेर प्रधानमन्त्रीले आफुलाई संविधान भन्दा माथी ठानेको आरोप लगाईन् । संसद विघटन गर्ने कुनै प्रावधान नरहेकाले कानुनतः यो स्वतः खारेज हुने उनको भनाई छ ।
कार्यक्रममा नेकपा स्थाई कमिटी सदस्य एवं लुम्बिनी प्रदेश ईन्चार्ज युवराज ज्ञवाली, नेता डिलाराम आचार्य, पिताम्बर भुसाल, ठाकुर गैर, पिताम्बर सारु, सुशिला श्रिपाली, प्रेमनारायण गैरे लगायतले बोल्दै ओलीको प्रतिगामी कदमका विरुद्ध एकजुट हुन आव्हान गरेका छन् ।