प्राकृतिक सौन्दर्यमा रमाउँदै पदयात्रा गर्न चाहनेका लागि उत्कृष्ट गन्तव्य हो, घान्द्रुक घोरेपानी । गगनचुम्वी हिमाल नियाल्दै घनाजंगलको बाटो भएर पुनहिल पुग्दा स्वर्गको टुक्रामा टेकेको अनुभूति हुन्छ ।
नजिकबाट हिमाली दृश्यावलोकनका लागि पुनहिल उत्कृष्ट मानिन्छ । वरिपरी घनाजंगल रहेको पुनहिल स्वदेशी-विदेशी पर्यटकबीच लोकप्रिय रहेको छ । छोटो पदयात्राका रुपमा परिचित घोरेपानी पुनहिलमा सिजनको बेला बिहानै ५ सय पर्यटक पुग्ने गर्छन् ।
तर, अहिले पुनहिल सुनसान देखिन्छ । दैनिक सयौं पर्यटक पुग्ने घोरेपानी पुनहिलमा अहिले मुस्किलले ४०/५० जना पर्यटक पुग्ने गर्छन् । भूकम्प, भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण पुनहिल पर्यटकबिहिन बन्न पुगेको हो ।