अर्थमन्त्री विष्णु पौडेल छरिएको पुँजीलाई एकिकृत गरेर उत्पादनमुलक काममा लगाएर भिजन लुम्बिनी कम्पनी लिमिटेडले अनुकरणीय अभ्यास गरिरहेको बताउनु भएको छ । झण्डै एक हजार जनाको समूहिक लगानीमा स्थापना भएको भिजन लुम्बिनी उर्जा कम्पनी लिमिडेटको साधारण सभा उद्घाटन गर्दै उहँले भिजन लुम्बिनीले वित्तिय क्षेत्रमा सह्रानीय काम गरेको उल्लेख गर्नुभयो।
बुटवलका युवा उद्यमी जगत पोखरेलको नेतृत्वमा स्थापना भएको कम्पनीले धेरै जनाको थोरै थोरै पुजी संकलन गरेर संयुक्त लगानी गर्ने अभ्यास नमुन भएको उहाले बताउनुभयो । नौ क्षेत्रमा काम गर्नेगरी स्थापना भएको कम्पनीले अहिले पोखराको कास्कीमा २५ मेघावाटको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जलविद्युत आयोजनाको काम गुणस्तरीय र तिव्र रुपमा भइरहेको थाहा पाएको बताउदै अर्थमन्त्री पौडेलले अन्य क्षेत्रमा पनि त्यस्तै सफलताका लागि शुभकामना पनि दिनुभयो ।
बुटवलका स्थायी बासिन्दा पौडेलले बुटवल क्षेत्रका उद्यमीहरुको सक्रियता र लगानीमा राम्रो काम भएको थाहा पाउँदा गौरब लागेको बताउनुभयो । त्यस्तै उर्जा मन्त्री टोपबहादुर रायमाझीले विद्युत खपत बढाउन सवैलाई आह्वान गर्नुभएको छ । अहिले विद्युतको उत्पादन धेरै हुदै गएकाले तत्काल विद्युतको खपत बढाउनु पर्नेमा उहाँले जोड दिनु भएको हो । आफु अहिले दोस्रो पटक उर्जा मन्त्रालयको जिम्मेबारी लिइरहँदा मन्त्रालयका चुनौतीहरु फेरिएको अनुभव पनि उहाले सुनाउनुभयो । उहाँले उर्जा खपत बढाउनका लागि मन्त्रालयले अहिले विभिन्न योजना तथा नयाँ नयाँ नीतिहरु बनाउदै गरेको जानकारी पनि दिनुभयो ।
आगामी भदौसम्ममा ५०० मेघावाट विजुली खेर जानेगरी उत्पादन भइरहेको बताउदै उहाँले स्वदेशमा खपत बढाउने अभियानसँगै विदेशमा विक्रि गर्ने गृहकार्य पनि भइरहेको उल्लेख गर्नुभयो । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले उद्योगी व्यवसायीलाई राजनीतिमा आउन आह्वान गर्नुभएको छ । उद्योग धन्दा राम्रोसँग संचालन गरेकाहरुले देश पनि राम्रोसँग संचालन गर्न सक्ने बताउदै उहाँले उद्योगी व्यवसायीहरु पनि राजनीतिमा आए देश सफल हुने धारणा राख्नुभयो । देशमा राजनीतिक अस्थीरता र धेरै आन्दोलन हुँदा उद्यमीहरु लामो समयसम्म समस्यामा परेपनि अव राम्रो होला भन्ने आशा गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले निराशाजनक अवस्था ल्याएको उहाँको भनाई थियो ।
संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले संस्थाको गरिमा बढाउन आफ्नो टीम दत्तचित्त भएर अभियानमा लागेको बताए । सेती नदी हाइड्रोमा एनएमबी बैंक लिमिटेडको अगुवाईमा ३ बैंक तथा वित्तीय संस्थाले ३.५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको भिजन लुम्बिनीका अध्यक्ष पोखरेलले जानकारी दिए ।
एनएमबी बैंक एक्लैले आयोजनामा २ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछ । यस्तै, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड लगानी गर्नेछन् ।कूल ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना आगामी २०७९ साउनभित्र निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ।
आयोजनाको विद्युत् विद्युतगृहदेखि ४ किलोमिटर टाढा १३२ केभी लाहाचोक सबस्टेसनमा जोडिनेछ ।कार्यक्रममा पुर्व अर्थमन्त्री डा रामशरण महत, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाश श्रेष्ठ,इपानका केन्द्रीय अध्यक्ष कृष्ण आचार्य,भिजन लुम्बिनीका आर्थिक सल्लाहकार नारायण पौडेल,एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल,ज्ञानेन्द्र कसजू,इन्जिजियर एलएन पाण्डे ,जीवन भण्डारी लगायतले बोलेका थिए ।