भैरहवामा जारी प्रधानमन्त्रीकप क्रिकेट प्रतियोगितामा नवलपरासीले पाल्पालाई २७ रनले पराजित गरेको छ । टच हारेर ब्याटिङ्गमा आएको नवलपरासीले निर्धारित २८ ओवरको खेलमा सात विकेटको क्षतीमा एक सय ३६ रन बनाएको थियो । जसमा जितेन्द्र साहानीले ५८, रञ्जित खड्काले २२ र सद्दाम अन्सारीले २१ रन जोडे । पाल्पाका सागर थापाले तीन विकेट लिएका थिए । लक्ष्य पक्ष्याएको पाल्पा २३ दशमलव चार बलमा सबै विकेट गुमाउँदै एक सय नौ रनमा सिमित बन्यो । उसकालागि नरेश कुमार सार्कीले सर्वाधिक ३४ तथा मनिष न्यौपानेले १५ रन जोडेपनि जीतकालागि पर्याप्त हुन सकेन । बलिङ्गमा नवलपरासीका अर्पन लोनियाले तीन, दितेन्द्र साहनी र मनिष पाण्डेले दुई/दुई विकेट लिए । म्यान अफ दी म्याच जितेन्द्र साहनी भएका थिए ।
यता दाङको लमहीमा भएको समूह बी अन्तरगतको खेलमा बाँकेले बर्दियालाई दुई विकेटले पराजित गरेको छ । टच हारेर ब्याटिङ्ग गर्न आएको बर्दियाले १४ दशमलव चार बलमा सबै विकेट गुमाएर मात्र ५८ रन बनाउन सक्यो । उसकालागि सिदार्थ श्रेष्ठले १७ र समिर आचार्यले दश रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बर्दियालाई सस्तैमा रोक्न दिपेन्द्र रावतले सात विकेट लिएका थिए । ५९ रनको झिनो लक्ष्य पक्ष्याएको बाँकेको पनि राम्रो शुरुवात हुन सकेन । १५ दशमलव दुई बलमा आठ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । जसमा सुनिल भण्डारीले १३ र अनुप सिंहले दश रन बनाए । बर्दियाका गोपाल जिसीले चार र बिशाल विक्रम केसीले तीन विकेट लिएका थिए । म्यान अफ दी म्याच दिपेन्द्र रावत भए । मंगरबार कपिलबस्तु र पाल्पा तथा बाँके र दाङबीच प्रतिस्पर्धा हुने छ ।