नेपाल संगितकर्मी संघ रुपन्देहीले कुष्ठ रोगीहरुलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेको छ । बुटवलको जितगढीमा रहेको आश्रमका कुष्ठ रोगीलाई जाडोबाट बच्नको लागि भन्दै संगितकर्मीले न्यानो कपडा वितरण गरेको हो ।

आश्रममा रहेका ५ जनालाई न्यानो कपडा वितरण गरेको नेपाल संगितकर्मी संघ रुपन्देहीका अध्यक्ष दुर्गा नेपालले जानकारी दिनुभयो ।