पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्तीको अवसरमा रुपन्देहीमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । रुपन्देही बासी अभियानले बुटवलमा बृहत्त रयालीको आयोजना गरि पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाएको छ । बुटवलको जितगढी किल्लाबाट सुरु भएको रयाली बुटवलको अमरपथ बजार परिक्रमा गर्दै गोलपार्क , योगिकुटी हुँदै महेन्द्र पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम गरि मनाईएको हो । वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाह १७९९ मा गोरखाका राजा बन्नुभएको थियो ।
पृथ्वीनारायण शाहले राजा बनेपछि सैन्यबलका साथै चातुर्य र कूटनीतिको सहयोगमा नेपाल एकीकरणको मूल जग बसाएको मानिन्छ । आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेशमार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेको लगायत योगदानका कारण स्मरण गर्ने गरिन्छ ।

पृथ्वीनारायण शाहको प्रशंसा र विरोधभन्दा पनि उहाँको योगदान र दिव्योपदेशको मनन गर्नु महत्त्वपूणर् हुने उहाँको भनाइ छ । पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा नदिएको भन्दै आलोचना समेत हुँदै आएको छ । यस्तै कार्यक्रममा पुर्वमन्त्री प्रकाश चित्रकारले पृथ्वीनारायण शाहको योगदानलाई अहिलेका नेताले बिर्सेको बताउँदै उँहाको योगदानलाई सबै नेपालीले स्मरण गर्नुे पर्ने बताउँनुभयो ।
हरेक वर्ष पौष २७ गते राष्ट्निर्माताको सम्झनामा राष्ट्रिय पर्व मनाउँनु पर्नेमा उँहाले जोड दिनुभयो । यस्तै योगी बलभन्द्र नाथले देश विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने, घुस दिने र लिने दुवै देशका शत्रु हुन्, नेपाल दुई ढुंगाबीचको तरुल हो, जाइकटक नगर्नु झिकिकटक गर्नु, खेतीयोग्य जमिनमा बस्ती नबसाउनु भन्ने दिव्योपदेशको मर्म अझै पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।