अर्घाखाँचीको शितगंगा नगरपालिकाका ८७ जना नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । शितगंगा नगरपालिका वडा नम्वर ४,५,६ र ११ बाट नेकपा परित्याग गरी ८७ जना नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् । नेकपाको सरकार भ्रष्टाचार र कुर्चीको लोभमा फसेको जनता र कार्यक्रताको भावना अनुरुप काम गर्न नसकेकोले नेकपा परित्याग गर्न परेको कांग्रेसमा प्रबेश गरेका चित्रबहादुर रेस्मीले बताए । नेकपाले जनताको पक्षमा काम गर्न नसकेपछि नेपाली कांग्रेसमा प्रबेश गरेको उनीहरुको भनाई छ ।
नेपाली कांग्रेसमा प्रबेश गरेकाहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुस्पा भुसाल, जिल्ला सभापति बिष्णु मुस्कान, पुर्ब सभापति कमल प्रसाद भुसाल, नगर प्रमुख सुर्य प्रसाद अधिकारी, क्षेत्रीय सभापति अच्युत गौतम लगाययतले टिका, खादा र साधारण सदस्य प्रदान गरेर पार्टीमा प्रबेश गराएको नेपाली कांग्रेस प्रकाशन तथा प्रचार प्रसार विभागका संयोजक माधव प्रसाद पौडेलले बताए ।
उनीहरुलाई पाटी प्रबेश गराउदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका सचेतक पुस्पा भुसालले जनताको बलीदानीबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्न सरकार बिरुद्ध कांग्रेस सडकमा आएको बताइन् ।
केपी ओली सरकारलाई युवाहरु सडकमा भौतारिएको, महिलाहरु हिंसाको शिकार भएको, मधेसी तथा मुस्लीम समुदायहरु आक्रान्त भएको युवाहरु बेरोजगार भएको खबर थाहै नपाए जस्तै गरेर बसेको आरोप लगाइन् । कम्युनिष्ट पाटीका नेताहरुले जनताकोले दिएको मतको समेत अपहेलना गरेको बताइन् ।