वुटवलको सिद्धार्थ राजमार्ग अन्तर्गत राजमार्ग चौराहा चिडियाखोला सम्मका सडक किनारका घरमा डिभिजन सडक कार्यालयले डोजर चलाएर भत्काउन सुरु गरिएको छ । २४ घण्टे सुचना जारी भएको समायावधी पुरा भए लगत्तै घरटहरा भत्काउन सुरु गरिएको हो । आज बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरी बुटवलको ट्राफिक चोकबाट सडक मिचेर बनाएका घर टहर भत्काउन सूरु गरेको छ । अतिक्रमित क्षेत्रको मध्यखण्ड बुटवलको टाफिक चोकमा रहेको दुर्गा मन्दिरको सटर र त्यस आसपासमा रहेका घरहरुमा डोजर चलाइएको हो।
पटक पटक अदालतको आदेशले रोकिदै आएको उक्त सडकको बिस्तारका बिरुद्ध नारायणी देवि प्रधान लगायतका २४ जनाबाट परेको पछिल्लो रिट निवेदनमा यस अघि गत असार ९ गते दिएको अल्पकालिन आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्बोच्च अदालतले गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक बिस्तार गर्ने बाटो खुलेको थियो । सर्बोच्च अदालतका न्यायधिस सपना प्रधान मल्ल र डा. मनोज कुमार शर्माको संयुक्त ईजलासले उक्त आदेशलाई निरन्तरता दिनु नपर्ने निणर्य गरेको हो । अदालतको त्यो आदेश दिए संगै बुटवल बेलहिया ब्यापारीक मार्ग बिस्तार आयोजनाले सडक सिमा भित्रका घरटहर तथा त्यहा बनेका संंरचना भत्काउने २४ घण्टे अल्टिमेटम दिएको थियो ।
सडक सिमा मिचेर निर्माण गरिएका घर टहर हटाउन पटक पटक सुचना गर्दा पनि स्थानीयबासी नमानेपछि बाध्य भएर डोजर चलाउनु परेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताउँनुभयो ।
आयोजनाले सुचना जारी गरे संगै अधिकांस घरधनीहरुःले सनिवार दिनभर लगाएर घर टहरा भत्काएका थिए । आइतबार एकाविहानै आयोजनाले आफ्ना घरहरुमाथि डोजर चलाएपछि घरधनीहरु निकै आक्रोसित देखिन्थे । २४ घण्टाको समयमा आफुहरुले आफ्ना सामानको ब्यवस्थापन गर्न नसकिएको र थप समय दिनु पर्ने ब्यवसायीको माग छ ।
अदालतको आदेश अनुसार निवेदकहरुका कागजात अध्यायन गर्दा १ सय ५६ जना निवेदक मध्ये १ सय ५० जनाको मुआब्जाका लागि प्रमाण नपुगेको र ६ जनाको हकमा थप कागजात हेर्नु पर्ने भएकोले १५ दिन भित्र आयोजनामा सम्पर्क राख्न सूचना जारी गरेको भएपनि उनीहरुले आफ्नो प्रमाण पेश गर्न नसकेपछि सर्बोच्च अदालत पुगेका थिए । उक्त सडक खण्डमा ३ सय १० घर र बाकि ४७ खाली जग्गा गरी ३ सय ५७ जनाले सडक सिमा मिचेकोमा २ सय जना भन्दा बढीले यस अघिनै घर भत्काई सडक खालि गरी दिएका छन ।