भैरहवामा आजदेखि शुरु भएको एक दिवसिय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा रुपन्देहीले नवलपरासीलाई एक सय ६३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ्ग रोजेको रुपन्देहीले पाँच विकेटको क्षतीमा दुई सय १३ रन बनायो । जसमा सन्दिप सुनारले ५९, देव खनालले ४७ र प्रकाश केसीले अविजित ४४ रन जोडेका थिए । बलिङ्गतर्फ नवलपरासीका अजित यादवले दुई, जितेन्द्र साहानी र गया साहानीले एक एक विकेट लिए । जवाफमा व्याटिङ्ग गर्न आएको नवलपरासीलाई सस्तैमा रोक्न विक्रम भुसालले पाँच विकेट लिएका थिए । त्यस्तै नितेश थापाले तीन र अनिल खरेलले दुई विकेट लिए । नवपरासीका अमर रसाइलीले १४ रन बनाएपनि अन्य कुनै खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । म्यान अफ दि म्याच विक्रम भुसाल भए । भोली रुपन्देही र कपिलबस्तुबीच प्रतिस्पर्धा हुनेछ । लुम्बिनी र कणर्ली प्रदेशको आयोजनामा प्रदेशको टीम छनोट गर्न प्रतियोगिता सञ्चालन भएको हो ।