गएको २४ घण्टामा देशभर चार सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै काठमाण्डौमा एक सय ६०, ललितपुरमा २६ र भक्तपुरमा ११ गरी काठमाण्डौ उपत्यकामा एक सय ९७ जनामा सङ्क्रमण देखिएको छ ।
पाँच हजार आठ सय जनाको पीसीआर परीक्षण भएकोमा देशैभर चार सय २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आइतबारसम्म पाँच हजार चार सय ८७ जना सक्रिय सङ्क्रमित छन् । यस्तै तीन सय ६७ जना क्वरेण्टीनमा छन् । यस्तै गएको २४ घण्टामा ६ सय ३७ जनाले कोरोनालाई जितेका छन् । योसँगै सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ५४ हजार चार सय ९४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट आठ जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ सय ७८ पुगेको छ । नेपालमा अहिलेसम्म दुई लाख ६१ हजार आठ सय ५९ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।