नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षका महासचिव बिष्णु पौडेलले नेपाली कम्युनिष्ट आन्दोलनलाई नेपाली कम्युनिष्ट कै नाममा खड्ग प्रहार गरिएको बताउँनुभयो ।
बुटवलमा रुपन्देही जिल्लाका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै महासचिव पौडेलले विश्वलाई आश्यर्यमा पार्न सफल भएको कम्युनिष्ट आन्दोलनलाई पार्टीकै शिर्श नेतृत्वबाट प्रहार भएको बताउँनु भएको छ । पौडेलले कम्युनिष्ट आन्दोलनको गतिलाई अध्यक्ष प्रचण्डको अस्थिर चरित्रका कारण अवरुद्ध बनाएको आरोप लगाउँदै बैठकभित्र एउटा निणर्य गर्ने र बाहीर अर्के कुरा गर्ने गरेकाले पार्टी एकतालाई बचाउन नसकिएको बतनाउँनुभयो । प्रचण्डले पार्टीमा एकताको सहमती गर्ने तर बाहिर निस्कनासाथ प्रधानमन्त्रीको सपना देख्ने, एकल अध्यक्षको आकांक्षा राख्ने गरेको महासचिव पौडेलको आरोप छ ।
प्रचण्डले पार्टी भित्रका केहि महत्वकांक्षी नेताहरुलाई साथमा लिएर प्रधानमन्त्री ओलीलाई पदच्युत गर्न खोज्नु नै खास समस्या भएको उल्लेख गर्दै पौडेलले पार्टीभित्र देखिएको समस्या सैद्धान्तिक नभएको र कुनै नीतिले सिर्जना गरेको समस्या नभएको स्पष्ट पार्नुभयो । उँहाले अब कुनै पनि हालतमा संसद पुनस्र्थापना नहुने र बैशाखमा चुनाव भएरै छाड्ने बताउँनुभयो ।