राष्ट्रिय संगितकर्मी संघ रुपन्देहीले अनाथ आश्रममा सहयोग गरेको छ । तिलोत्तमामा रहेको रामचन्द्र मैनादेवी आश्रमका ९ जना विद्यार्थीहरुलाई न्यानो कपडा स्कुल पोशाक वितरण गरिएको हो ।

संघका अध्यक्ष दुर्गा नेपालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल तथा लोक दोहोरी गित प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष डिल्ली नारायण पाण्डेले कलाकारले सामाजिक उत्तरदायित्व बहन पनि गर्ने भएकोले समाजमा कलाकारको महत्वपूणर् भुमिका रहने बताउनुभएको थियो ।

कार्यक्रममा गायक सौगात सायर, रिता सेन लगायतले बोल्दै आश्रममा बसेकाहरु नै भगवान भएको बताए ।बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष तथा लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेशका ओम ज्ञवालीले जनही पाच सयका दरले सहयोग गर्नु भएको थियो । उक्त कार्यक्रममा २०५३ सालमा स्थापना भएको आश्रममा भएको कार्यक्रमको स्वागत संघका कोषाध्यक्ष भगवती पन्थीले गनुर्् भएको थियो भने संचालन दामोदर बस्यालले गर्नुभएको थियो सो अबसरमा दया भण्डारीले २ हजार १ सय रुपैया प्रदान गर्नुभयो । हाम्रो कला र संस्कृति गौरवपूणर् शान कलाकर्मीको उत्थानका लागि हाम्रो अभियान भन्ने नारा सहित संस्थाले सामाजिक काम गरिरहेको छ ।