बुटवल १ पुस । बैदेशिक रोजगारमा गएर फर्किएका मजदुरलाई सरकारले केही गर्न नसकेको मजदुर नेताहरुले बताएका छन । सरकारले करोडौं रेमिट्यान्स भित्राएपनि बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई स्वदेशमा नै स्वरोजगार बन्ने वातावरण सरकारले सिर्जना गर्न नसकेको उनिहरुले बताएका छन ।
बिडब्ुलआई आबद्ध समिति नेपालले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ काउनका केन्द्रीय अध्यक्ष जेवि गुरुङ्गले सरकारले विदेशकाट फर्किएका युवालाई स्वदेशमा नै स्थापित गर्ने खालका कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउँनुभएको छ । कोरोनाले गर्दा काम छोडेर धेरै युवाहरु स्वदेश आएको र उनिहरुलाई स्वदेशमा नै स्वरोजगार बनाउनको लागि सरकारले योजना ल्याउँनु पर्ने बताउँनुभयो ।
बैदेशिक रोजगारीमा जाँदा काम सिकेर र सुरक्षाका उपायका बारेमा जानकारी लिएर जानु पर्नेमा गुरुङ्गले जोड दिनुभयो । काउनका जिल्ला अध्यक्ष बिर बहादुर लामाको अध्यक्षतामा आायोजना गरिएको कार्यक्रममा अखिल नेपाल निर्माण मजदुर संघ प्रदेशका अध्यक्ष राजेन्द्र सिंह , जिल्ला अध्यक्ष किरोश नेपाल , क्युपेक नेपालका ईन्द्र राई , प्रेम गुरुङ्ग लगायतले बोलेका थिए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले सुरक्षित बैदेशिक रोजागरको लागि सीपसँगै काममा अपनाउँनु पर्ने सुरक्षाका उपायको बारेमा पुर्व जानकारी लिनु पर्ने बताएका छन ।