सन्धिखर्क नगरपालिका वडा नम्वर ५ को वडा कार्यलय भवन निर्माण गर्न र स्वास्थ्य चौकीको भवन निर्माण गर्न वडा अध्यक्ष राजेन्द्र भुसाल र नेकपाका नगर सचिव शिव अधिकारीले ३/३ रोपनी जग्गा निशुल्क दान गर्नु भएको छ ।
वडा अध्यक्ष राजेन्द्र भुसालले वडा कार्यलय भवन निर्माण गन ३ रोपनी जग्गा निशुल्क प्रदान गर्नु भएको छ । स्वास्थ्य चौकी भवन निर्माण गर्न नेकपाका नगर सचिव शिव अधिकारी र उहाँकी धर्म पत्नी तारा अधिकारीले ३ रोपनी जग्गा निशुल्क प्रदान गर्नु भएको छ ।
वडाको बिच भागमा पर्ने ३/३ रोपनी जग्गा वडा कार्यलय भवन बनाउन जग्गादान गरी उक्त लालपुर्जा आज सन्धिखर्क नगरपाकिलाका नगर प्रमुख कमल प्रसाद भुसाललाई दुबै जनाले हस्तान्तरण गर्नु भएको छ ।
कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले वडा कार्यलयको बिच भागमा पर्ने जग्गा नगरपालिकाको वडा कार्यलय भवन बनाउन र स्वास्थ्य चौकी भवन बनाउन दिने दुबै जनाको परिवारलाई धन्यवाद दिदै उज्वल भविश्यको कामना गर्नु भयो । सबै वडा कार्यलयका आफ्नै भवन र सवै स्वास्थ्य चौकीका आफुनै भवन निर्माण गर्ने दिषामा नगरपालिका लागेको बताउनु भयो ।