पछिल्लो २४ घण्टामा नेपालमा १२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार ७२३२ जनाको पीसीआर परीक्षणमा ७७४ पुरुष र ४४३ महिला गरी १२१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०६४ रहेको छ । हालेसम्म निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ । हाल देशभर १२ हजार ३८६ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा ३३८, कैलालीमा ९४, मोरङमा ६७, कास्कीमा ६७, सुनसरीमा ६६, रुपन्देहीमा ५६, ललितपुरमा ५१, झापामा ४८, अछाममा ४८, दाङमा २६, भक्तपुरमा २५, पाल्पामा २५ , बाँकेमा २५, चितवनमा २२ जना संक्रमित भेटिएका छन् । त्यस्तै लमजुङमा १९ ,कञ्चनपुरमा १९ बैतडीमा १८, बझाङमा १४, गुल्मीमा १३, सप्तरीमा १२, बागलुङमा ११, काभे्रमा १० र बर्दियामा १०, नवलपरासीमा ९ प्युठानमा ९, सिराहामा ८, गोरखामा ८, तनहुमा ८, डडेल्धुरामा ८, धनुषामा ७, धादिङमा ७ डोटीमा ७, मकवानपुरमा ६, कपिलवस्तुमा ६ जना संक्रमित फेला परेका छन् ।
ताप्लेजुङ, महोत्तरी र नुवाकोटका पांच पांच जना , बारा, रसुवा, स्याङ्जा र अर्घाखाँचीमा चार चार जना, उदयपुर, सर्लाही र सुर्खेतमा तीन तीन जना, धनकुटा, संखुवासभा, पर्सा, रौतहट, दोलखा, सिन्धुपाल्चोकर सिन्धुलीमा दुइ दुइ जना र इलाम, खोटाङ, पाँचथर, नवलपरासी पूर्व, डोल्पा र सल्यानमा एक एक जना संक्रमित भेटिएका छन् ।