नापी कार्यालय रुपन्देहीले बुटवल उपमहानगरपालिकामा जग्गाधनी प्रमाणपपुर्जा वितरण गरेको छ । उपमहानगरपालिकाको वडा नं. १४ मा गाउँ ब्लक जग्गाको आज लालपुर्जा वितरण गरेको हो । २०२७ सालमा नापि भएर छाडिएका गाउँका स्थानीयले बल्ल आज लाल पुर्जा पाएका हुन ।
एक कार्यक्रमको आयोजना गरि गाउँ ब्लकको जग्गा वितरण गरिएको हो । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदिले गाउँ ब्लकका जग्गाका नागरिकले लालपुर्जा पाउँनु पर्नेमा जोड दिदै स्थानीय सरकारले त्यसको लागि नापिसँग समन्वयन गर्दै आएको बताउँनुभयो । बुटवल विकास निर्माणको कामले तिव्र गतिमा अघि बढेको उँहाले जानकारी दिँदै विकास निर्माणको काममा सबै एक जुट हुन आग्रह गर्नुभयो । नापि कार्यालय रुपन्देहीका सर्बेक्षक यम प्रसाद पाण्डेयले २०२७ सालमा घनाबस्ती भएको जमिनको नापि नभएको र गाउँको नापि भएका बासीन्दालाई अहिले नापि गरेर लालपुर्जा वितरण गरिएको जानकारी दिनुभयो ।
वडा नंं. १४ मा ५५ जना स्थानीयलाई लालपुर्जा वितरण गरिएको जानकारी दिनुभयो । लालपुर्जा पाएपछि स्थानीयहरु खुशि भएका थिए । वर्षोदेखि उपभोग गर्दै आएको जग्गाले अहिले लालपुर्जा पाएपछि स्थानीयहरु उत्साहित भएका थिए ।