गृह जिल्ला रुपन्देही आउँनु भएका कृषि तथा पशुपंक्षी बिकास मन्त्री घनश्याम भुषाललाई उदघाटन तथा शिलान्यास कार्यक्रममा भाग लिन भ्याई नभ्याई भएको छ ।
सोमबार दिउसो मन्त्री भुषाल तिनवटा कार्यक्रममा प्रमुख अतिथि बनेर नया योजनाका शिलान्यास तथा उदघाटन गर्नुभएको छ । अर्घाखाँची सिमेण्ट उद्योग प्रालिले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं.२ मा निर्माण थालेको स्वास्थ्य केन्द्रको शिलान्यास गर्नुभयो । यस्तै कृषि बजारलाइ आधुनिकिकरण गर्ने उद्देश्य सहित भैरहवामा निर्माण सुरु भएको आधुनिक कृषि भवनको पनि शिलान्यास गर्नुभयो ।
दुईटै कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुषालले कृषिको बिकासको लागि अहिले ३ वर्षको रणनीति तयार भएको जानकारी दिनुभयो । उनले यस अघि कृषि मन्त्री र कर्मचारीले आफूले वितरण गर्न लागेको बजेटलाई स्थानीय तहसम्म पठाउने बताउँनुभयो ।
निर्माण पश्चात् उक्त भवनमा सियारी गाउँपालिकाले ५ शैंयाको अस्पताल सञ्चालन गर्नेछ । उद्योगले स्थानीय क्षेत्रमा आफ्नो सामाजिक दायित्व अन्तर्गत सो स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताउँनुभयो ।
यस्तै सोमबार नै मन्त्री भुषालले सामुदायिक कृषि बजार पुर्वाधार बिकास आयोजना अन्तर्गत भैरहवामा रहेको हाटबजार लाग्ने ठाउमा ब्लक बी अन्तर्गत आधुनिक भवनको समेत शिलान्यास गर्नुभएको छ ।
२४ करोड २७ लाख ४८ हजार ४ सय ४९ रुपैया लागत अनुमान गरिएको भवन निर्माण गर्न बिकास एण्ड ब्रदर्स ,आत्रेय र बस्नेत जेभी सिनामङलले १६ करोड ३८ लाख १७ हजार २ सय ६० रुपैयामा ठेक्का पाएको छ । २०७९ साल असार १६ गते सम्मको म्याद भित्र निर्माण हुने उक्त ६ तल्ले भवनमा बेसमेन्टमा चिस्यान केन्द्र देखि आधुनिक कृषि बजार, रेस्टुरेन्ट, सिनेमा हल लगायतको सुविधा रहने सिद्धार्थनगर नगर पालिकाले जनाएको छ । सिद्धार्थनगर नगर पालिका वडा नम्बर १३ म यस भन्दा अघि नै करिब ११ करोड लागतमा कृषि बजार निर्माणाधिन रहेको छ ।