पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा न ५ स्थित नारायणी नदीपारिको बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुली बालिएको छ ।बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । टपसन इनर्जी प्रालीले निर्माणको जिम्मा पाएको उक्त सौर्य ग्रिडको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गर्न भएको छ ।

तिहारअघि नै सुस्तालाई झिलिमिली बनाउने गरी सौर्य ग्रिडको उद्घाटन गर्ने तयारी गरिएको थियो । तर वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि प्रभावित हुन पुगेको हो । ४ करोड ८० लाख ९२ हजार २६८ मा निर्माण गरिएको ग्रिडमा ६० प्रतिशत अर्थात रु दुई करोड ८८ लाख ५५ हजार ३६१ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान छ भने तराई(मधेस समृद्धि कार्यक्रमको रु एक करोड ७५ लाख र सुस्ता गाउँपालिकाको रु १७ लाख ३६ हजार ९०७ लगानी रहेको छ ।
सय किलोबाट क्षमताको सो आयोजनाबाट सुस्ताका २६६ घरधुरी लाभान्वित हुनेछन् । सुस्तामा तीन हजार १३३ जनाको बसोबास छ । सुस्तामा विसं २०२२ देखि बसोबास सुरु भएको थियो ।