नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३४३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५५१ पुगेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख २० हजार २७२ संक्रमणमुक्त भएका छन् ।