रुपन्देहीको गैडहवा गाउपालिकामा मंगलवार सांझ छिमेकीको बिहे खान गएका एक २६ बर्षिय युवा मृत अवस्थामा भेटिएका छन । इलाका प्रहरी कार्यलय,सूर्यपुराका अनुसार लुम्बिनी रामापुर सडक खण्ड अन्तर्गत गुलहरियाचोक देखि करिब ५ सय मिटर दक्षिण सडकको किनारमा राखिएको परालको टौवामा गैडहवा गाउपालिका वार्ड नं. ६ स्थित गुलहरियाका २६ बर्षिय दिनेश लोधको शव बेवारिसे रुपमा स्थानियले देखेर बुधवार बिहान प्रहरीलाई खवर गरेको जानकारी दिएका छन ।
इलाका प्रहरी कार्यलय,सूर्यपुराका अनुसार मृतक लोधको शरिरको अन्य भागमा कुनै चोट पटक नलागेको तर टाउकोको दाहिने कानको माथिल्लो भागको टाउकोमा बाहिरी घाउ नदेखिए पनि गम्भिर छाम्दा टाउको थिलथिलो भएकोले गम्भिर चोट लागि मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । मृतक लोधको कसैले घाँटी बटारिएको अवस्था भएको कारण पनि कसैले टाउकोमा प्रहार गरेर घांटी बटारि मारेको हुन सक्ने उनका काका राम नयन लोधले आशंका ब्यक्त गर्नुभभयो । घरको ५ भाई मध्ये दिनेश साहिला छोरा हुन । उनको कोही कसैसंग कुनै रिस झगडा भएको थिएन र दैनिक मजदुरी गरी परिवार पाल्ने मेहनती र सोझो भतिजोको कसैसंग पनि शत्रुतापुणर् ब्यबहार नभएकोले यसैले नै हत्या गर्यो भन्ने आशंका गर्ने ठाउ नै नभएको काका रामनयनले जानकारी दिनुभयो ।
कुनै हत्या गरेको भए कुनै शंकास्पद आधार भेटिन्छ की भनेर नेपाल प्रहरी अनुसन्धान ब्युरो नेपालगञ्जबाट डग शाखाको टोली आएर पनि अनुसन्धान गरिएपनि कुनै सबुत प्रमाण नदेखिएकोले प्रारम्भिक अनुसन्धानलाई जारी राख्दै शवको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल स्थित भिम अस्पताल भैरहवा पठाइएको इलाका प्रहरी कार्यलयसूर्यपुराका प्रहरी निरीक्षक हरिहर खडकाले जानकारी दिनुभयो ।