गुल्मीको मदाने गाउँपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ । एक स्थानीय तह एक अस्पताल निर्माणको अभियान आइतबार गुल्मी जिल्लामा सुरु भएको हो । पुर्व मन्त्री गोकण र्बिष्टले १५शैयाको अस्पतालको शिलान्यास गर्नुभएको हो ।
बहुबर्षिय योजना अन्तर्गत १८ करोड लागतमा २ बर्षमा सम्पन्न हुने भएको छ । मदाने गाउँपालिका प्रमुख दानबहादुर केसिले यस आर्थिक बर्षमा एक करोड ४४ लाख सघिय सरकार बाट बिनियोजन भएको तर टेन्डर आव्हान १८ करोड कै गरिने बताए । त्यस पालिका उपाध्यक्ष सरित खड्काले १९ जनाले अस्पताल निर्माणका लागि निशुल्क उपलव्ध गराएको बताइन् ।
जग्गादातालाइ प्रमुख अतिथी बिष्ट र विशेष अतिथि प्रदेश सासद तथा नेकपाका केन्द्रीय सदस्यले दोसल्ला ओढाएर सम्मान गरेका थिए