कपुर सञ्चार नेपालको उत्पादनमा हास्य टेलिश्रंखला कार्यक्रम केहीन केहीले एक सय भाग पुरा गरेको छ । बुद्ध सामुदायिक टेलिभिजनबाट हरेक हप्ताको आईतबार राति आठ बजे र बिहिबार दिउँसो १ बजे प्रशारण हुने कार्यक्रमले एक सय भाग पुरा गरेको हो ।
सो अवसरमा कपुर सञ्चार नेपालले एक सय भाग पुरा गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरि मनाएको छ । कार्यक्रम २ वर्षदेखि टेलिभिजनमा निरन्तर प्रशारण हुँदै आएको छ । कार्यक्रममा सामाजिक , राजनीतिक र चेतनामुलक कार्यक्रम सहित ब्यङ्ग प्रशारण गर्दै आएको केहीन केहीका डाईरेक्टर कपिलदेव अधिकारीले जानकारी दिनुभयो ।
धर्म भण्डारी , उषा पोखरेल , कमला गैैरे , भरत ज्ञवाली , भेषराज भुषाल ,भेषराज अर्याल , बिरबल शर्मा, कोष बहादुर बस्नेत , अच्युत पन्थी , नारायण भट्टराई , शोभाकर भुषाल , अष्मित खरेल, गोपाल खनाल , विस्वास घिमिरे लगायतको कार्यक्रममा अभिनय रहेको छ । धु्रव पौडेलको छायाकन , सुरज घिमिरेको सम्पादनमा केहीन केही कार्यक्रम सञ्चालन हुँदै आएको छ ।