उखुको भुक्तानी नपाएपछि नवलपरासीका उखु किसानहरु निराश भएका छन् । तिनबर्षदेखि लागातर भुक्तानीको आश्वासन मात्र पाईरहेका किसानहरु यसबर्षको चाँडबाड मा पनि भुक्तानी नपाएपछि पिरमर्कामा परेको बताउछन । तराईका बिभिन्न जिल्लाका उखु किसानहरु समस्यामा परेका छन् ।
बर्षोअघि उधारोमा उखु दिएर भुक्तानी नपाएका किसानहरु यस बर्ष पनि समयमै चिनी उद्योगी ले भुक्तानी नदिए मिल सञ्चालन गर्न नदिन कृर्षक अगुवा एवंम् उखु किसान समिति नवलपरासीका प्रवत्ता धिरज त्रिपाठी बताउनुहुन्छ ।
पुरानो भक्तानी समस्या झेल्दै बाध्य किसानहरु यस बर्ष पनि खेतमा उखु तयार भईसक्दा समेत चिनी उद्योगहरु संचालनमा नआउने र उद्योगीको शतmीको पावरले भक्तानी नदिएको किसानहरु मार्का सरकार वास्ता नगर्दा दोहोरो मारमा परेको समितीका अध्यक्ष दुधनाथ गुप्ताको भनाई छ ।