गुल्मीको इस्मा गाँउपालिकामा सवारी जीप दुर्घटना हुँदा ५ जनाको निधन भएको छ । हुल दोहली भन्ने स्थानमा भएको दुर्घटनामा परी ३ पुरुष र २ महिलाको निधन भएको हो । लु १ झ ११६६ नम्मरको जिप जिल्लाको सदमुकाम तम्घास तर्फ आउदै गरेको थियो ।
दुर्घटनामा ५ जनाको मृत्यु भएको र दुई जना घाइृते भएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा ले बताउनु भयो।