बुटवल ।
मोटरसाईकल दुर्घटना हुँदा रुपन्देही तिलोत्तमा नगरपालिकाका दुई युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्वर ७ भलवारीमा लु २४ प ७५०६ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किन जादा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परि तिलोत्तमा नगरपालिका वडा नम्वर १५ माधवलियाका २७ वर्षीय विकास चौधरी र मोटरसाईकलमै सवार सोही स्थानका २० वर्षीय हरि गुरुङ्गको मृत्यु भएको हो । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गएराती साठे १० बजे दुर्घटना भएपछि गम्भीर घाईते भएका उनीहरुलाई क्रिम्सन अस्पताल माणिग्राममा पुर्याईएको थियो । उनिहरुको अस्पतालमा उपचारकैक्रममा मृत्यु भएको हो ।
