कपिलवस्तु, २९ साउन
नेत्र बिक्रम चन्द (बिप्लब) का एक जिल्लास्तरीय नेतालाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरी कार्यालयको बाँके र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको संयुक्त प्रहरी टोलीले शिवराज नगरपालिका वडा नम्बर ९ चनरबधियाबाट बिप्लव नेता नरेन्द्र थापालाई नियन्त्रणमा लिएको हो । बिगतमा एरिया ईन्चार्जको जिम्मेबारीमा रहेका थापा हाल पार्टीको जिल्ला कमिटी सदस्य रहेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शिवराज ९ बाट बिप्लवका एरिया ईन्चार्ज नरेन्द्र थापालाई नियन्त्रणमा लिएको कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शम्सेर जबराले जानकारी दिए ।