रुपन्देही ,१६ फागुन
रुपन्देहीको मायादेवी गाउँपालिकामा दुई दिने नेतृत्व विकास तथा उद्घोषण प्रशिक्षण कार्यक्रम आज समापन भएको छ । मिशन पब्लिक मिडियाको आयोजनामा र मायादेवी गाउँपालिकाको सहयोगमा जनप्रतिनिधिहरुलाई आयोजना गरिएको तालिमको आज एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । मायादेववि गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीले विकास निर्माणको कामसँगै गाउँपालिकाले क्षमता अभिबृद्धि तालिम सञ्चालन गर्दै आएको बताउँनु भएको छ । सडक , खानेपानी , शिक्षा , स्वास्थ्य क्षेत्रको विकासको लागि गाउँपालिकाले काम गर्दै आएको उँहाले जानकारी दिदैं क्षमता अभिबृद्धिको लागि तालिम पनि सञ्चालन गर्दै आएको बताउँनु भएको छ ।
जनप्रतिनिधि सिता विक र विक्रम विकले जनप्रतिनिधिको क्षमता विकासको लागि तालिम महत्वर्पूण सावित भएको बताउँनु भएको छ । कार्यक्रमका प्रमुख प्रशिक्षक ऋषिराम न्यौपानेले अहिलेको समयमा बोल्ने क्षमताको विकास गर्न आवश्यकता रहेको बताउँनु भएको छ । मिशल पब्लिक मिडिका प्रमुख विष्णु प्रसाद भुषालले छोटो समयको तालिमले जनप्रतिनिधिहरुलाई धेरै फाईदा पुगेको बताउँनु भयो । मिशल पब्लिक मिडिका प्रमुख विष्णु प्रसाद भुषालको अध्यक्षता मायादेववि गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरी प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रमको सञ्चालन चोक नारायण थापाले गर्नु भएको थियो ।