बुटवल, ५ माघ
संघीय सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले देशमा अब सुकुम्बासी समस्या नरहने बताउँनु भएको छ । यो सरकारको कार्यकाल भित्र नै सुकुम्बासी समस्या नरहने बताउँदै अव्यवस्थित बसोबासलाई समाधान गरिने बताउँनु भयो । भूमिको ब्यवस्थापन , सुकुम्बासी ब्यवस्थापन , अब्यवस्थित बसोबासको ब्यवस्थापनको लागि संरचना निर्माणको काम यो वर्षे गर्ने उँहाले बताउँदै सुकुम्बासी समस्याको सामाधान गरिने दाबी गर्नुभयो । शनिबार रुपन्देहीका पत्रकारहरुसँग बुटवलमो संक्षिप्त कुराकानी गर्दै उहाले सरकारले कृृषिको क्षेत्रमा राम्रा कार्यहरु शुरु गर्न लागेको बताउँनु भएको छ ।
अबको ३ वर्षमा कुनै पनि खेतियोग्य जमिन बाँझो नहुने उँहाले दाबी गर्नुभयो । अर्यालले सरकारले जमिन बाँझो राख्न नपाउने नीति ल्याएको भन्दै यसलाई पूर्णरुपमा कर्यान्वयन गरिने बताउँनुभयो । मन्त्रीले अब सबै मलपोत र नापि कार्यलय प्रविधि मैत्री बन्नुको विकल्प नभएको भन्दै अबको केही महिनामा नै यसको प्रतिफल प्राप्त हुने दाबी गर्नुभयो । हिजोको दोहोरो अर्थ लाग्ने गरी कित्ताकाट रोकिएको बताउँदै उनले कृषिजन्य जमिनको मात्रै कित्ताकाट रोकिएको भएपनि सबै कित्ताकाट रोकिएको मानिसको बुझाई हुँदा धेरै समस्या भएको बताउँदै अहिले प्रष्टताका साथ कृषियोग्य मात्रै रोकिएको जानकारी गराएको अर्यालले बताउँनुभयो ।
पहिले जग्गा दलाली गर्ने जनप्रतिनिधिलाई कसरी सम्मान गर्ने भन्ने पत्रकारको प्रश्नमा उँहाले भन्नुभयो – ‘जनताबाट कसम खाएका जनप्रतिनिधिले नै धोका दिएमा उनीहरुको राजनीति तथा व्यक्तिगत जीवनमा कस्तो असर पर्छ ?’ प्रश्न गर्नुभयो । जनता सचेत बनेका छन् मन्त्री अर्यालले भन्नुभयो मिडियाले जनप्रतिनिधिले गरेका काम हेरेर बसेका छन ।उहाले एक पटक जनप्रतिनिधिलाई विश्वास गर्न सबैलाई आग्रह गर्नुभयो ।