गुल्मी १० कार्तिक ।।
बाग्लुङ्गको गलकोटमा आज प्रथम गलकोट महोत्सवको उदघाटन गरिएको छ । महोत्सवको उद्घाटन गदै प्रमुख अतिथि सघीय सांसद ज्ञानकुमारी छन्त्यालले अहिले संविधान कार्यान्वयनको चरण रहेको बताउदै अव मुलुक विकास र समृद्धिको बाटो अगाडी बढेको बताइ । साथै सांसद छन्त्याले अझै पनि कहिकतै सघीयता ढल्छ कि भनेर चिन्ता नगर्न आग्रह गदै जिल्लाका सबै गाँउपालिका र नगरपालिकाको विकासको लागि आफू सघीय संसदमा बजेटको लागि संघर्ष गरिएको बताइ
साथै सांसद छन्त्यालले गलकोट क्षेत्रमा कृषि र पर्यटन र जडीबुटीको प्रचुर संम्भावनाको पहिचान गरेर विकासमा ध्यानदिन आग्रह गरिन ।
साथै सांसद छन्त्यालले युवाहरुलाई रोजगारी सिर्जना हुने खालका श्रोतको पहिचान गनुपर्नेमा जोड दिदै हाम्रा कला संस्कृतिको संरक्षण र विकासमा सबै पक्षले चासो दिनु पर्ने बताइन ।
यस्तै गण्डकी प्रदेशका सांसद चन्द्र बुढा सागरले गलकोट क्षेत्र पर्यटकीय हिसावले समेत प्रचुर संम्भावना बोकेकोले यसको विकासमा ध्यानदिनु पर्ने बताए ।अव पनि नेपाली जनताहरुको अपनत्व हुने गरि विकास र समृद्धिको अभियानमा लाग्नु पर्ने बताए ।
यस्तै गण्डकी प्रदेशका सांसद दिलमाया रोका,जिल्ला समन्वय समिति बाग्लुङ्गका प्रमुख राजेन्द्र ढुङ्गाना, बाग्लुङ्ग जिल्ला प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल,गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, बाग्लुङ्ग नगरपालिकाका प्रमुख जनकराज पौडेल,ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्ति,बडिगाड गाँउपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, काठेखोला गाँउपालिकाका अध्यक्ष अमर थापा, निसिखोला गाँउपालिकाका अध्यक्ष तारानाथ पौडेल,नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सयन्त्र सदस्य फमलाल निउरे,नेपाली काँगे्रसका जिल्ला सल्लाहकार सदस्य हरिप्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदीलाल सापकोटा, बाग्लुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रम बाग्लुङ्ग उद्योग वाणिज्य संघ गलकोट इकाईका अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षता बरिष्ठ उपाध्यक्ष ढालेन्द्र प्रसाद गौतमको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रमको सञ्चालन महासचिव हिम बहादुर भण्डारीले गरेका थिए ।
कला संस्कृतिको संरक्षण,कृषि,पर्यटन,उद्योग तथा व्यापारको प्रवद्र्धन भन्ने मुल नारा सहित पहिलो पटक भइरहेको गलकोटमा महोत्सव १८ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । तश्वीर ः कौरव खत्री