बुटवल,६ कात्तिक
संचारकर्मी तथा सर्जक इश्वरी बस्यालले केही समयको अन्तरालपछि सांगितीक बजारमा देउसीभैलोमार्फत फेरी आफ्नो उपस्थिती जनाएका छन् । शब्द सिर्जना तथा लयबाट गीतसंगीतमा स्थापित उनले यसपटक भने चर्चित गायक गायिकाहरु शर्मिला गुरुङ, पुरुषोत्तम गैरे र योगराज पोख्रेलसँर्गै स्वरमा समेत शुरुवाती यात्रा थालेका छन् ।
युनिक मुभिज बुटवलमार्फत सार्ववनिक भएको उक्त देउसीभैलोको भिडीयो गुल्मीको छत्रकोट ३ स्थित सुुसज्जित एकघरमा छायांकन गरिएको थियो ।
पुरुषोत्तम गैरेको निर्देशनमा सम्पन्न उक्त म्युजिक भिडियो विजय पोख्रेलको कुशल सम्पादनले थप आकर्षक बनेको छ ।
यस देउसीभैलोको शब्द तथा लयमा ईश्वरी बस्याललाई पुरुषोत्तम गैरेले साथ दिएका छन् ।
सुझावकै भोक पोख्रेल ः युटयुव च्यानलबाट म्युजिक भिडियो बाहिरीएलगत्तै बस्यालका एक निकट विश्वासपात्र एवं संगीत सर्जक योगराज पोख्रेलसँग प्रतिक्रिया माग्दा उनले भने “धेरैबेर भएको छैन युट्युवमा राखेको तर राम्रो छ भन्ने मात्र आयो असल श्रोता दर्शकले कुनै चीजको कमी महसुस गरेमा भनिहाल्नुपर्छ तर त्यस्तो पाइन अहिलेसम्म” ।
उनले अगाडि “थपे बरु तपाइँ नै भन्दिनुस्न केही फिडब्याक छ कि ?” शिक्षा क्षेत्रमा खास स्थापित पोख्रेल केहीवर्षयता बस्यालसँगको साँगितीक सहयात्रामा जोडिएका हुन् ।
रेडियोमा मात्र भैलो भट्याएको सुनेका थियौँ ः श्रोता
बस्याल गुल्मीको एक लोकप्रिय एफ् एम् रेडियो श्रृङ्गेश्वरका प्रस्तोता हुन् । उक्त एफ् एम्का अनुसार उनी खासगरी त्यहाँ सांगितीक विट सम्हालेका छन् । त्यसैले पनि तिहारमा आफ्ना श्रोतासँग टेलिफोन कार्यक्रममा भैलो भट्याउने गर्दथे ।
उक्त कार्यक्रम स्मरण गर्दै रिब्दिकोट पाल्पाका एक श्रोताले भने “पहिला एफ् एम्मा भट्याएको सुनेका थियौँ, आज उहाँको भैलोको भिडियो नै देखियो एफ् एम् मा बज्ला नि त अब”
झाम्रे तथा पश्चिमेली मिश्रित मौलिक देउसीभैलो त्यस क्षेत्रमा निकै लोकप्रिय छ । यस्ता भाका तथा गीतहरु तिहारअबधिभर निकै सुन्ने गरिन्छ ।