बुटवल ,२२ असोज
विवेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले सरकारले समाजबादको नारा देखाएर खोक्रो कुरा गरेको बताएका छन् ।
सरकारको आलोचना गर्दै उनले यो अबस्थामा जनताले सबैभन्दा दुख र पीडा अनुभूति गरेको बताए ।
‘अहिलेको सरकारको कुरा गर्ने क्षमता छ,कल्पना बांड्ने क्षमता छ ,यो देशलाइ बिकास र समृद्धिको दिशामा अघि बढाउने क्षमता शुन्य छ । ’
पुराना दलहरुको नेतृत्व सबै हिसाबले बिफल भएको तर्क गरे ।
‘जब समाजबादको कुनै नीति नै छैन, काठमाडौंमा महलमा बसेर डेढ करोडको गाडि चढेर समाजबाद आउछ ?’ बुटवलमा सोमबार रिपोर्टर्स क्लव प्रदेश ५ ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मिश्रले सरकारले समाजबादी बाटो नै अबलम्बन गर्न नसक्ने र नगर्ने दाबि गरे ।
शिक्षा र स्वास्थ्यमा लगानी गर्नेहरु कम्युनिष्ट र समाजबादी हुनै सक्दैनन् भन्दै उनले समाजबादी भन्ने शब्दलाइ यति खुकुलो र पुरानो बनाइएकोमा दुख ब्यक्त गरे ।
उनले समाजबादको कुनै चरित्र रै आचरण नै नभएकाहरुले सर्बहाराहरुको सम्बेदनालाइ अनुभुत गर्न नसक्नेले पनि समाजबादी भनेको स्मरण गरे ।
‘समाजबादी चरित्र के छ उहाहरुको ? नेताहरुलाइ मात्रै समृद्ध बनाउनेलाइ नै समाजबाद भनिएको हो ?’— उनले कांग्रेस र कम्युनिष्टलाइ प्रश्न गरे ।
शिक्षा र स्वास्थ्यलाइ मूल रुपमा राज्यको दायित्व नमान्नेहरु समाजबादी पनि हुन सक्दैनन भन्ने हाम्रो मान्यता छ — उनले भने ।
‘शिक्षा र स्वास्थ्यमा मूलत रुपमा राज्यको दायित्वलाइ स्विकार गर्दछन् ,अब ४०—५० जनालाइ खुसि पार्न शिक्षा र स्वास्थ्यमा लगानी गरेकाहरुलाइ खुसी पार्नलाइ ३ करोड नेपालीको शिक्षा र स्वास्थ्यमा खेलवाड गर्नेलाइ कम्युनिष्ट भन्ने,समाजबादी भन्ने अब हामी भ्रममा नपरौं ।’
देशब्यापी अभियान चलिरहेको भन्दै उनले ३ महिने अभियानले पार्टीको संगठन बलियो बन्ने दाबि गरे । अहिले पार्टीको संगठन निर्माणमा एग्रसिब ढंगले अघि बढीरहेको उनको धारणा छ । पार्टीलाइ बैकल्पिक शक्तिका रुपमा अगाडि बढाउने उनको भनाइ छ ।
संगठन बिभाग प्रमुख मुमाराम खनालले अब आफुहरु देशको बलियो शक्तिको रुपमा उदाउने दाबि गरे ।
कार्यक्रममा पार्टीका प्रदेश ५ संयोजक अनुपमान सैंजुले पार्टीले गरिरहेको गतिबिधिका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम रिपोर्टर्स क्लव प्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।