बुटवल,२२ असोज
प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारले मनपरि गर्न खोजे ठेगान लगाउने बताउँनु भएको छ । बुटवलमा आज रिपोर्टर्स क्लव प्रदेश ५ ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उँहाले समितिलाइ स्वतन्त्रपूर्वक काम गर्न पाउने अधिकार संबिधान ऐनमा नै उल्लेख भएको बताउदै त्यहि बाटो अघि बढनें दायाबांया नहुने शाहले बताउँनु भएको छ ।
बुटवलमा आयोेजना गरीएको साक्षात्कारमा बोल्दै उँहाले नेपालमा अहिले ५ खर्बको बेरुजु रहेको बताउँनु भएको छ । मसिनो गरि अध्ययन गर्दै गएको शाहले बताउँदै सरकार गलत बाटोमा हिडे नियन्त्रण गर्ने चेतावनी समेत दिनु भएको छ ।
लेखा समितिकै निर्देशनका कारण एनसेलले ६५ अर्ब लाभकर रकम तिर्नु आग्रह गरेको स्मरण गर्दै उनले २३ अर्ब रुपैंया एनसेलले तिरेको र अरु बांकी रकम पनि तिर्न आग्रह सांसद शाहले आग्रह गर्नुभयो ।
सरकारका गतिबिधि निगरानी गरिरहेको भन्दै ठूल आयोजनामा भ्रष्टाचार हुने संभाबना रहेको र हल्लाहरु आइरहेका प्रति आफुहरु सचेत रहेको प्रष्ट पार्नुभयो । संसदले बनाएका ऐन कानुन अनुसार सरकार अघि नबढे सरकार आफै फेल भएर जाने उनको भनाई छ ।
सरकारले खरिद गरेको वाइडबढि बिमानको मुल्य नै बढि छ ,सार्वजनिक खरिद ऐनको बिरुद्धमा रहेको भन्दै उँहाले प्रतिबेदनमाथि छलफल गरिरहेको जानकारी दिनुभयो ।
लेखा समितिले चिनीको खुद्रा मूल्य ६३ रुपैया कायम राख्न सरकारलाई निर्देशन दिएको भन्दै उँहाले चिनी उद्योगीले प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटमा खुद्रा मूल्य ६३ रुपैयासम्म पर्ने बताएकाले यहि मूल्यलाई आधार मान्दै समितिले पनि ६३ रुपैयाँ तोक्न निर्देशन दिएको उँहाको भनाइ छ ।
कार्यक्रम रिपोर्टर्स क्लव प्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।