ललित पाण्डेय
सैनामैना,२२ असोज
रुपन्देहीको सैनामैनामा प्रथम सैनामैना मदन भण्डारी भलिबल प्रतियोगिता २०७५ आयोजना हुने भएको छ । असोज २४ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी सैनामैना नगरकमिटिले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । सालझण्डीमा रहेको पशुपति माविको खेल मैदानमा ४ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विभिन्न समितिहरु गठन गरेर तयारी अन्तिम चरणमा पुगेको ऐकेडेमका अध्यक्ष यमलाल खरेलले जानकारी दिनु भएको छ ।
१० टिमको सहभागितामा हुने प्रतियोगिताको प्रथम पुरस्कार रु ७७ हजार ७ सय ७७ द्धितिय पुरस्कार रु ४४ हजार ४ सय ४४ , तेश्रो पुरस्कार रु २२ हजार २ सय २२ र सान्तना हुने टिमले ११ हजार १ सय ११ रुपँैया पुरस्कार पाउने उँहाले जानकारी दिनु भएको छ । ऐडेडेमीले खेलकुदका कार्यक्रम सँगै सामाजिक विकासमा पनि काम गर्दै जाने अध्यक्ष खरेलले बताउँनु भएको छ । प्रतियोगितामा जिल्ला भलिबल संघ गुल्मी, जिल्ला भलिबल संघ पाल्पा , प्रदेश नम्बर ४ ,मणिमुकुन्द भलिबल क्लब, ए र बि, ब्रेभ गोर्खा बुटवल, शहिद नारायण पोखरेल रामापुर क्याम्पस, मुर्गिया युथ क्लब, मदन भण्डारी स्पोर्टय एकेडेमी सैनामैना , सशस्त्र प्रहरी बल चन्द्रौटाको सहभागिता हुने कार्यक्रम संयोजक कमल अर्यालले बताउँनु भएको छ ।
भलिबल प्रतियोगिता सञ्चालन गर्नको लागि आयोजकले करिब ८ लाख खर्च हुने बताएको छ । प्रदेश स्तरका टिमको सहभागिता हुने भएकाले खेल रोमाञ्चकारी हुने भएकाले खेल हेर्नको लागि दर्शकको घुईचो लाग्ने अर्यालले दाबी गर्नु भयो । टिममा २ जना मात्र राष्ट्रिय स्तरका खेलाडी राख्न पाईने नियम बनाएको उँहाले बताउँदै स्थानीय खेलाडीलाई प्रतियोगिताले प्रोत्साहित गर्ने बताउँनु भएको छ ।