ललित पाण्डेय
सैनामैना ,१२ भाद्र
रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकामा जन्मने हरेक वालिकाको अब बैंकमा खाता खोलेर पैसा जम्मा हुने भएको छ । साउन महिनादेखि गैडहवा गाउँपालिकामा जन्मने हरेक वालिकाको बैंकमा खाता खोलेर गाउँपालिकाले पैसा जम्मा गर्दिने भएको हो । गाउँपालिकाले वाल विवाह अन्त्यको लागि नँया अभियान सुरुवात गरेको गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केबटले बताउँनु भएको छ ।
गाउँपालिकामा वाल विवाह अन्त्यको लागि यो नयाँ अभियान हामीले सञ्चालन गरेको हौं उँहाले भन्नुभयो । यो अभियानलाई वालिका बिमा अभियान भनेर हामीले सञ्चालन गरेका छौं केबटले भन्नुभयो । गैडहवा गाउँपालिकामा वडा नं. १ देखि ९ वडा रहेको छ । यँहा जन्मने हरेक वालिकाको अब बैंकमा खाता खोलिने छ र पैसा जम्मा हुन्छ अध्यक्ष केबटले बताउँनु भयो ।
गाउँपालिकामा जन्म हुने हरेक बालिकाको खातामा २० हजार जम्मा गरीदने र अभिभावकको ५ हजार गरी २५ हजार बैंकको मुद्धती खातामा जम्मा हुने छ । वालिका २० वर्षपुगि सकेपछि मात्र उक्त पैसा झिक्ने मिल्ने गाउँपालिकाले जनाएको छ
यसले गर्दा महिला हित्साको घटनामा कमि आउने र वालिकालाई पढ्नको लागि थप हौसला मिल्दा बाल विवाह गाउँपालिकामा अन्त्य हुने विश्वास लिएको गाउँपालिकाका अध्यक्ष केबटले बताउँनु भयो ।
यो अभियानलाई लागू गर्नको लागि गाउँपालिकाले कार्यविधि बनाई सकेको र अब बैंकसँग सम्झौंता हुन मात्र बाँकी रहेको उँहाले जानकारी दिनु भयो । आर्थिक वर्ष २०७५–७६ को साउन महिनादेखि जन्मिएका हरेक बालिकाको गाउँपालिकाले बिमा गरिदिने भएको हो ।
यसको लागि बच्चा अस्पताल वा वर्थिङ्ग सेन्टरमा जन्मीएको हुनु पर्ने , वडाबाट जन्मदर्ता गराउनु पर्ने र वडाको सिफारीस लिएर गाउँपालिका गएपछि गाउँपालिकाले बैंकमा पैसा जम्मा गरिदिने छ । गाउँपालिकाले वालिका बिमा अभिायन सञ्चालन गरेपछि यँहाका स्थानीयहरु पनि खुशी भएका छन ।
यो अभियानले वाल विवाह अन्त्य हुने विश्वास उनिहरुले लिएका छन । स्थानीय सरहकार आएपछि गैडहवा गाउँपालिकाले बाल विवाह अन्त्यको लागि सञ्चालन गरेको वालिका बिमा अभियानले साच्चै कै प्रभावकारी देखिने गैडहवा बासीको भनाइ छ ।