देवदह, ९ साउन ।
रुपन्देहीको देवदहमा एकदिने विपत व्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका सभापति प्रेमलाल उदासले विपद व्यवस्थापनको लागि एकताको आवश्यकता रहेको बताउनुभयो । उहाले विपद व्यवस्थापनको लागि सिद्धान्त र भाषणभन्दा पनि सहकार्य अति महत्वपुर्ण रहेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीले २ सय ७८ बाढीपिडित घरपरिवार, ४९ आगलागि,७० सितलहर ४ हुरीबतासबाट पिडित घरपरिवारलाई उद्धार गरेको बताउनुभयो । कार्यशाला गोष्ठिमा बिपदमा परेकालाई कसरी उद्धार र व्यवस्थापन गर्ने भन्ने विषयमा कृष्ण मल्लले सहजीकरण गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाका सभापति कृष्णप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नेपाल अभिनाश सामाजिक सेवा संस्थाका अध्यक्ष खड्गबहादुर बिक, गाउँ वन समन्वय संजाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, देवदह मदर ट्रङ्गस एकेडमीका रामबहादुर गुरुङ्ग,व्यापार संघका कोषबहादुर गुरुङ्ग,महामाया सामुदायिक वनका कमला न्यौपाने लगायतले आ–आफ्ना भनाई राखेका थिए । सोसाइटी उपसभापति जयकिशन अधिकारीको स्वागत र सचिव दुर्गानारायण डुम्रेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।