ललित पाण्डेय
बुटवल, ५ भाद्र
सुनको अभाव भएपछि रुपन्दही जिल्लाका सुन चाँदी ब्यसायीले आज पसल बन्द गरेका छन । तिज नजिकिदै गर्दा बजारमा सुनको माग बढे पनि ब्यवसायी भने कच्चा पदार्थको अभाव भएको भन्दै पसल नै बन्द गरेका हुन । कच्चा पदार्थको प्रयाप्त आपूर्ति नहुँदा सुनचाँदी ब्यावसायी सञ्चालनमा असहज परिस्थिती उत्पन भएको रुपन्देही सुनचाँदी ब्यवसायी संघले जनाएको छ । विवाहको महिना र चाडपर्वमा सुनको माग बढि हुने भएपनि राज्यले सुनको कच्चा पदार्थ प्रयाप्त उपलब्ध गराउँन नसक्दा ब्यावसाय सञ्चालन गर्न गाह्रो भएको सुचचाँदी ब्यवासायीहरुले बताएका छन । सरकारले प्रयाप्त कच्चा पदार्थ उपलब्ध नगराए पछि भदौं ६, ७ र ८ गते पसल नै बन्द गरेर सरकारको ध्यानर्कषण जनाएको आज जारी गरिएको पे्रस बिज्ञप्तीमा उल्लेख गरिएको छ । संघका अध्यक्ष एम.वि विश्वकार्माले हस्ताक्षर गरिएको उक्त बिज्ञप्तीमा कच्चा पदार्थ राज्यले दिन नसक्दा माग अनुसारको पूर्ती गर्न नसकेको जनाईएको छ । सिजनको समयमा रुपन्देही जिल्लामा दैनिक ४ किलो सुनका माग हुने विश्वकर्माले जानकारी दिनु भयो । तर सरकारले भने हप्तामा ३ किलो सुन उपलब्ध गराउँदा माग धान्न नसकिएको उँहाले बताउँनु भयो । रुपन्देही जिल्लामा करिब ४०० सुनचाँदी पसल रहेका छन । यसै बिच रुपन्दही सुन चाँदी ब्यावसायी संघले आज प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्रसमेत बुझाएको छ । सहज रुपमा सरकारले सुनको कच्चा पदार्थ उपलब्ध गराउँनु पर्ने माग सहित ज्ञापन पत्र बुझाएको हो ।