बुटवल, ५ भाद्र,
सरकारले लगाएको कर अबैज्ञानिक र चर्को भएकोले बैज्ञानिक ढंगवाट कर समायोजन गर्न सरोकारबालाहरुले माग गरेका छन् । उनीहरुले प्रदेश र स्थानीय सरकारले बृद्धि गरेको करले सर्वसाधारण मारमा परेकोले करको दर नभइ दायरा बढाउनुपर्ने बताए । करलाई बैज्ञानिक र व्यवहारीक बनाउनु पर्ने माग गरे ।
रिपोर्टर्स क्लव प्रदेश पाचँले आज बुटवलमा आयोजनाका गरेको साक्षात्कार कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब थानेश्वर गौतमले मुलुकमा बित्तिय संघीयता अबलम्बन गरेको स्मरण गराउदै करको बारेमा सचेतनामुलक शिक्षा जरुरी रहेको बताए । संघीयतालाइ खराब भन्न थालिएको छ यसलाई ब्यबस्थित गर्न जरुरी रहेको बताए । छत्रदेब गाउपालिका अर्घाखांचीका अध्यक्ष लेखनाथ पोखरेलले स्थानीय तहमा पनि फरकफरक नीति देखिएको बताए । उनले केही नगर र गाउँपालिकाहरु कारणले सबै स्थानीय तहले कर जनतामारा बनाए जस्तौ देखीएपनि वास्तविकता नभएको दावी गरे ।
तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले आफ्नो नगरपालिकाले कर बृद्धि गरेको हल्ला आए पनि आफुहरुले १२ प्रकारका छुट दिएको बताएका छन् ।
उनले तिलोत्तमा आएका करको सवै नकारात्क बिषयलाई मात्र बुझ्न नहुने बताए । बिषयगत बृहत छलफल गरी कर नगरपालिका भित्र लागु गरीएको बताए । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डेयले अहिले बुटवलमा उपमहानगरपालिकाले कर जनताको आयस्रोत विना , भौतिक पुर्वधार विकास विना लागएको बताए । उनले बुटवलमा औषधिमा साढे सात सय प्रतिशत ,घरबहालमा ४ सय प्रतिशत सम्म,हाटबजारमा तरकारी बेच्नेले सम्म बृद्धि भएको तत्काल समायोजन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए ।
बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक नुरजंग केसीले कर तिरेको अनुभुती जनतालाइ हुननहुने बताए। उनले कर तिर्दा जनताले गर्व गर्ने बाताबरणमा मात्रै करको भ्यालु हुने भन्दै बुटवल उपमहानगरपालिकाले अस्वाभिक ढगँले कर बृद्धि गरेको बताए । उनले बुटवलमा कर आतंक सृजना भएको बताए । रिपोटर्स क्लव प्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गरेका थिए ।