कपिलवस्तु, १४ पौष
कृष्णनगर भंसार नाका नजिकैको लक्ष्मीनगर नाकामा भारत तर्फबाट अपरचित व्यक्तिले चलाएको गो
लीबाट २ जना प्रहरी घाईते भएका छन् । भंसार क्षेत्र नजिकको सो दशगजा क्षेत्रमा चलेको गोली प्रहारबाट ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी हवल्दारहरु कर्ण बहादुर पुन र मोहन श्रेष्ठ घाईते भएको प्रहरीले जनाएको छ । घटना स्थलमा एयरगनको गोली जस्तो देखिने छर्राहरु भेटिएको र एयरगनको गोलीबाट प्रहरी हवल्दारहरुको घाईते भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको प्रहरी उपरीक्षक भोजजंग शाहीले बताए । घाईते प्रहरकिो कृष्णनगरको शाह क्लिनिकमा उपचार भैरहेको जनाईएको छ । भारतीय प्रहरीको सहयोग समेत लिएर नेपाल भारत दुवै तर्फको सीमा क्षेत्र कडाई गरिएको र घटनामा संलग्नहरुको खोजी भैरहेको प्रहरी उपरीक्षक शाहले बताए । घाईते दुवै जनाका स्थानीय स्वास्थ्य संस्थामा उपचार गछि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।