पुस, काठमाडौं ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राज्यले उद्योगी व्यवसायीको संरक्षण गर्ने नीति लिएको बताएका छन् । काठमाडौंमा नेपाल ट्रक यातायात व्यवसायी महासंघको ११ औं साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री महराले राज्य र व्यवसायीबीच नीतिगत रुपमा टकराव उत्पन्न भएपनि सरकारले नीतिगत रुपमा विभेद नगर्ने स्पष्ट पारे ।
उनले व्यवसाय सञ्चालनमा समस्या भए नीतिगत रुपमै समस्याको समाधान गर्न सरकार तयार तयार रहेको पनि स्पष्ट पारे ।
मन्त्री महराले राज्यले बनाएका नीति समयअनुसार संसोधन र परिमार्जन गरेर आम व्यवसायीको हितमा काम गर्न सरकार तयार रहेको पनि बताए ।
कार्यक्रममा महासंघका महासचिव राजेन्द्रकुमार श्रेष्ठले राज्यका नीतिहरु समयअनुसार संसोधन नहुँदा आफूहरुलाई व्यवसाय सञ्चालनमा समस्या परेको बताए ।
उनले सवारी व्यवस्थापन ऐन २०४९ मा भएका कतिपय प्रावधनले व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था भएको गुनासो गरे ।
श्रेष्ठले गत वर्ष नेपाल, भारत, बंगालादेश र भुटानका यातायात मन्त्रीले समान किसिमले मोटर यातायात सञ्चालन गर्ने सहमति गरेकाले नेपालको यातायात क्षेत्र तहस नहस हुने भन्दै तत्काल खारेज गर्न पनि माग गरे ।