पुस ६, गुल्मी –
नेपाली काँग्रेसका नेता एवं उप प्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले नेकपा एमालेलाई संसद अवरुद्ध गरेर जनतालाई झुट र भ्रमको खेती नगर्न आग्रह गर्नु भएको छ ।
उहँले संसद अवरुद्ध गर्नु भनेको संसदीय, लोकतान्त्रीक र संवैधानिक तीन वटै प्रकृया अवरुद्ध पार्ने काम मात्र भएको भन्दै उक्त प्रवृति राष्ट्रहीत गर्ने नभई राष्ट्रघात गर्ने मात्र भएको दावि गर्नु भयो ।
नेपाली काँग्रेस गुल्मीका पुर्व पार्टि सभापति चन्द्र बहादुर केसीका पिता स्वर्गीय ज्ञान बहादुर केसीको ११ दिनको पुण्य तिथीको स्मृतिमा गुल्मीको भाडगाउमा वुधवार आयोजीत शोक सभामा बोल्दै निधिले उक्त कुरा बताउनु भएको हो ।
शोक सभामा बोल्दै रक्षा मन्त्री एवै काँग्रेस नेता बालकृष्ण खाँडले हामी सवैका लागि मुलुक ठूलो भएको भन्दै देशका गंभिर मुद्दाहरुलाई एमालेले राजनीतिकरण गरेर मुलुकलाई झन जटील अवस्थामा पुराउन खोजेको आरोप समेत लगाउनु भयो ।
मन्त्री खाँडले एमालेको राष्ट्रवादको नारा नक्कली राष्ट्रवाद भएको टिप्पणी समेत गर्नु भयो । कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका पार्टि सभापति भुवन प्रसाद श्रेष्ठले संविधान संशोधन प्रस्ताव जनताको हितविपरित भएको भन्दैे सरकारले कसलाई खुसि पार्नका लागि संसोधन प्रस्ताव ल्याईएको भनी काँग्रेस नेता मन्त्रीहरुलाई प्रति प्रश्न गर्नुभएको थियो । शोक सभामा वन मन्त्री शंकर भण्डारी, केन्द्रिय सदश्यहरु ज्ञानेन्द्र बहादुर कार्कि,पुष्पा भुसाल, वाणिज्य राज्यमन्त्री शुवर्ण ज्वारचन, सांसदहरु अर्जुन प्रसाद जोसि, धु्रब वाग्ले, कृष्ण बहादुर छन्तेल लगायतको सहभागिता रहेको थियो ।